काठमाडौं । सरकारले तोकिएको समयभित्र कम्पनीको अध्यावधिक नगरेको भन्दै ४८ वटा मेनवावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ ।
सरकाले तोकेको समयसिमा भित्र ति कम्पनीहरुले अध्यावधिक नगरेका कारण बैदेशिक रोजगार विभागले अनलाइन कारोबार बन्द गरेको हो । कारोबार बन्द भएसँगै ति कम्पनीहरुले बैदेशिक रोजगारी सम्बन्धि कुनै कार्य गर्न पाउने छैनन् ।
विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २७२ मात्र सञ्चालनमा छन् । विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरिसकेको छ ।
विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएकामा विवरण अध्यावधिक नगरिएकाले यही जेठ ३ गतेसम्म म्याद थप गरेको थियो ।
Comments
Post a Comment