मोदीसंग कुलमानले भने- भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिए मर्ने चेतावनी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्ट्राचार भए– नभएको विषयमा सत्य तथ्य बाहिर ल्याउन छाबिन समिति गठन गरेको पनि बताए । प्रतिनिधि सभाको लेखासमितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपभोग गर्ने उद्योेगि तथा ब्यापारीहरुसँग बक्यौता रकम असुल्ने नाममा ९ अर्ब बढी भ्रष्ट्राचार गरेको आरोप लगाएपछि कार्यकारी निर्देशक घिसिङले आरोप प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका हुन् ।

उनले सांसद भए भन्दै जथाभावी नबोल्न र आरोप नलगाउन मोदीलाई चेतावनी दिए । घिसिङले प्राधिकरणले बिलिङ कुनै गल्ति गरेको भए त्यसलाई छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनका लागी दुईवटा समिति गठन गरेर कामलाई अगाडी बढाइएको पनि प्रष्ट पारे ।

सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए। उनले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गरे।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन्।

Comments