कांग्रेसले छान्यो छाया सरकारका मन्त्री (यस्तो छ २१ मन्त्रीको सूचि)

काठमाडौं । नेपाली कांग्रेसले सरकारका काम कारवाहीको निगरानी गर्नको लागी छाया सरकार गठन गरेको छ । लामो समयको सकसपछि कांग्रेसले छाया सरकार बनाएको हो । छाया सरकारको मन्त्री बन्न सांसदहरुले निकै ठुलो कसरत पनि गरेका थिए । लामो कसरतपछि ओली सरकारलाई निगरानी गर्न छाया सरकार निर्माण भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिम छायाँ सरकार गठन गरेको छ । पार्टीलाई सरकारमा क्रियासिल बनाउन र कार्यसम्पादन गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका छन् । गठन गरेको छाया सरकारको गृहमन्त्रीमा दिलेन्द्रप्रसाद बडु, अर्थमा मिनेन्द्र रिजाल, शिक्षा, विज्ञान तथा प्रविधिमा गगन कुमार थापा चयन भएका छन् ।

Comments