मध्यरातमा चार बालबालिकासहित दुई परिवारका ९ को विभत्स हत्या

पाँचथर । गएराति पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एउटा परिवारका पाँच र अर्काे परिवारका चार जनाको हत्या गरिएको छ भने एक बालिका घाइते छिन् । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको रहेका छन् । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ । घटना के कति कारणले भएको हो । त्यसको जानकारी भने आइसकेको छैन ।

Comments