प्रदेश २ सरकारले संविधान विपरित आफ्नै सिडिओ राख्न खोज्याे: गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश २ सरकारले संविधान विपरित आफ्नै सिडिओ राख्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन जनकपुरधाम आएका गृहमन्त्री थापाले शनिबार पत्रकारसँग कुराकानी गर्दै प्रदेशले आफ्नै सिडिओ राख्ने व्यवस्था संविधानमै नभएको बताए ।

प्रदेश २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले संविधानै अनुसार आफ्नै सिडिओ राख्ने विधेयक तयार पारिएको बताइरहेका बेला जनकपुरमै आएका गृहमन्त्रीले यस्तो धारणा राखेका हुन् ।

थापाले प्रमुख जिल्ला अधिकारी संघीय सरकारको प्रतिनिधि हुने भन्दै उनको दोहोरो भूमिका हुने बताए । प्रदेश सरकारले आफ्नै समानान्तर अधिकारी राख्न नपाउने थापाले बताए ।

यद्यपि उनले प्रदेश प्रहरी प्रमुख र मातहतका सबै प्रहरी अधिकारी प्रदेश सरकारकै मातहतमा रहने बताए ।

Comments