अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणमा धुर्मुस सन्तुलीलाई दुबईबाट २२ लाख सहयोग

काठमाडौं । चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि दुबईबाट २० लाख रकम उठेको छ । दुबईमा रहेका नेपालीहरुले रङ्गशाला निर्माणमा लागि धुर्मुस–सुन्तलीलार्य २० लाख रकम हस्तान्तरण गरेका छन् । २६ अप्रिलमा ‘धुर्मुस सुन्तली साँझ’ आयोजना गरिएको थियो । त्यही कार्यक्रमबाट २० लाख रकम उठेको आयोजकहरुले बताएका छन् ।

चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा धुर्मुस सुन्तली साँझ सम्पन्न भएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् । ‘कार्यक्रमबाट २० लाख र गायक प्रकाश पौडेल दाइले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं’, धुर्मुसले भने ।

Comments