घोर अन्यौलमा कांग्रेस ! नेता बेरोजगार, १८२ विभाग तीन बर्षदेखि रित्तै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १३ औं महाधिबेशन सम्पन्न भएको तीन बर्ष पुरा भइसकेको छ । तीन बर्षका नेपाली राजनीतिमा निकै उतारचडाब आइसकेको छ भने इतिहासमै कांग्रेस कमजोर पनि बनेको छ ।

प्रतिस्पर्धी दूई दल एक भएर नेकपा बनिसकेका छन् भने दुई तिहाईको शक्तिशाली सरकार निर्माण गरिसकेका छन् । दुई तिहाईका शक्तिशाली सरकारलाई तानाशाह बन्न नदिने मुल जिम्मेवारी कांग्रेसको काँधमा छ । तर नेतृत्वका कारण कांग्रेसको काँध कमजोर बन्दै गएको छ ।
महाधिबेशन सकिएको तीन बर्षसम्म पार्टीका शक्तिशाली विभागहरु रित्तै छन् । नेता र उर्जावान कार्यकर्ता बेरोजगार छन् । सडक पेटीमा बसेर जिम्मेवारी केही नभएको गुनासो नेता र उर्जावान कार्यकर्ताले गरिरहेका छन् । सडक पेटीको नेता कार्यकर्ताको आवाज सानेपासम्म बर्षाै पहिले पुगिसकेको छ तर बुढानीलकण्ड नेता कार्यकर्तालाई जिम्मेवारी दिन सकेको छैन ।

नेपाली कांग्रेस केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी १८२ विभागहरु रित्तै छन् । १८२ विभाग रिक्त भएपछि कांग्रेसभित्र उर्जा आउन सकेको छैन । जिम्मेवारी विहीन कार्यकर्ता पार्टीको निर्देशनमा सडकमा त आउलान तर जोखिम मोल्न तयार छैनन् । कांग्रेसको यही कमजोरी नेकपाले राम्रोसँग बुझेको छ । कांग्रेसविना नै संबैधानिक परिषदको बैठक बोलाएर निर्णय गर्ने आँट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न थालेका छन् ।

कांग्रेसभन्दा साझा विवेकशील र राप्रपा सडकमा क्रियासिल देखिएका छन् । पार्टीका आधिकारिक निर्णय गर्दा प्रवक्ता विश्वप्रकाशले केही तरंग ल्याएपनि नेता कार्यकर्तामा उर्जा भर्न त्यो पर्याप्त छैन ।
पछिल्लो समय सडक तताउने नेपाल बिद्यार्थी संघपनि नेतृत्वविहीन बनेको छ । कांग्रेसको आन्दोलनमा कस्को नेतृत्वमा नेविसंघ उत्रिने अन्यौल छ ।

Comments