२५ हजार घुस रकमसहित वडाअध्यक्ष पक्राउँ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहितवडा वडा अध्यक्षलाई पक्राउँ गरेको छ ।

आयोगको कार्यलय सुनसरीको इटहरीबाट खटिइ गएको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाअध्यक्ष सिल्टु मियालाई २५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

वडाअध्यक्ष मियाँलाई सेवाग्राहीसँग २५ हजार घुससहित उनको आफ्नै काठ मिलबाट नियन्त्रणमा लिइएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Comments