संविधान संशोधन नभए सडक आन्दोलनमा जाने राजपाको चेतावनी

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारसँग संविधान संशोधनको माग गरेको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले सरकारले आफुहरुको मागको सुनुवाइ नगरेर सडकमा जान बाध्य पारिरहेको बताए ।

बजेट अधिवेशनको पहिलो दिन संसदलाई सम्बोधन गर्दै उनले भने, ‘हामी यथास्थितिमा लामो समय बस्न सक्दैनौं । सडकमा जान बाध्य नपारियोस् ।’

त्यसैगरी राजपाले मधेस आन्दोलनका क्रममा भएका घटनाबारे अध्ययन गर्न बनेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नसमेत माग गरेका छन् ।

Comments