काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको हो ।
यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी रहेकोमा अहिले फेरेर साझा विवेकशील पार्टी राखिएको छ । पार्टीबाट भिन्न भएर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्नका लागि नाम परिर्वतन गरिएको संयोजक मिश्रले जानकारी दिए ।
तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ ।
यस्तै पार्टीले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने भएको छ । बैठकले भ्रष्टाचारमुक्त राज्य निर्माणका लागि सुसंस्कृत राजनीति र समतामुलक सम्मृद्धिप्रति प्रतिवद्ध रहेर देशभर ठुलामाछा समाउ अभियान संचालन गर्ने निर्णय गरेको हो ।
शनिबार बैठकको निर्णय सार्वजनिक गर्दे संयोजक मिश्रले पार्टीले आउँदा दिनमा आफ्ना गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा लगाउने बताए ।
Comments
Post a Comment