तिब्बती तथा नेवारी परम्पराका थाङ्कामा शाक्यमुनि र ध्यानी बुद्धको आकृति भेटिन्छन् । तर, स्थानीय देवीदेउता र चर्चित मौलक चित्र पनि थाङ्कामा अटाउन लागि परेका छन् कलाकार ।
० आरके जी
काठमाडौं । ‘थाङ्कामा बौद्ध कला मात्र होइन, अन्य मौलिक चित्रलाई पनि समेट्नु छ ।’ ठमेलस्थित छायाँ कम्प्लेक्सको चौथो तलामा बिहीबार थाङ्का आर्टबारेयसरी बोलिरहेका थिए किसनराज सिंह । ड्रागन इन्भेस्टमेन्टका निर्देशक सिंहलाई ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ले वल्र्ड स्टान्डरडिजासन सर्टिफिकेट (डब्ल्युएससी)बाटसम्मान गरेको थियो । बिट्सबिटका अध्यक्ष राजेन्द्र गिरीले उनलाई सम्मान पत्र प्रदान गरेका थिए ।
उनले नेपाली मौलिक चित्रलाई थाङ्कामा समेट्दै आएका छन् । उनी १५ वर्षदेखि थाङ्का आर्टको प्रवद्र्धनमा क्रियाशील छन् ।हस्तकला मार्फत तयार हुने थाङ्का आर्टको महत्व बुझे यसमा आकर्षण बढ्ने उनको बुझाइ छ । लोक चित्रलाई अटाएर नेपाली मौलिक संस्कृति अन्तर्राष्ट्रिय बजारमा चिनाउनु उनको उद्देश्य छ । परम्परागत बौद्ध कलामा मात्र सीमित नभई स्थानीय देवीदेउता पनि थाङ्कामा समेट्नुपर्ने उनको धारणा छ । ‘नेपाली मौलिक कलालाई थाङ्कामा समेट्दै अन्तर्राष्ट्रिय बजारमा चिनाउने कोसिस हो मेरो’, उनी भन्छन् ।
बौद्ध कला थाङ्का विदेशमा लोकप्रिय छ । नेपाल आउनुले बौद्धधर्मावलम्बी पर्यटकले चिनोका रूपमा थाङ्का लैजाने गरेका छन् । तिब्बती तथा नेवारी परम्पराका थाङ्कामा शाक्यमुनि र ध्यानी बुद्धका आकृति भेटिन्छन् । तर, पछिल्लो समयस्थानीय देवीदेउता र चर्चित मौलक चित्र पनि थाङ्कामा अटाउन लागि परेका छन् । बौद्ध धर्मावलम्बीबाहेक अन्य लेथाङ्का आर्टलिन मन नगर्ने थाङ्काव्यापारी सिंहको भनाइ छ । भन्छन्, ‘सबै जाति र धर्मकालाई मन पराउने बनाउनु छ ।’
मौलिक कला झल्किने थाङ्का निर्माणमा निरन्तर जुटिरहेको उनी बताउँछन् । भन्छन्, ‘आम नेपालीले बुझ्न सक्ने थाङ्का उत्पादन गर्ने कोसिसमा छु ।’उनकाअनुसार चिनियाँले थाङ्का कला मात्र नभएर कलाकार पनि लैजान थालेका छन् । ‘थाङ्का आर्ट गर्ने कलाकारलाई बेलैमा रोकिएन भने थाङ्काको व्यापार चौपट हुन सक्छ’, उनी भन्छन् । त्यसपछि चीनमा नेपाली कलाकारले बनाएका मूर्ति र पौभा विश्वबजारमा चिनियाँ ब्रान्डमै बिक्री हुन थाल्नेमा उनको चिन्ता छ । त्यसले पछिल्लो पिँढीका नेपालीमा कला हस्तान्तरण पनि रोकिनेछ ।

थाङ्काले नेपाली लोक संसकृति पनि चिनाउन सक्ने उनको बुझाइ छ । उनकाअनुसार राज्यले अझैथाङ्का आर्टलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकेको छैन । त्यस किसिमको प्रवद्र्धनमा नलागेकामा उनको गुनासो छ । भन्छन्, ‘कला, संस्कृतिलाई अर्को देशले पनि सहजले स्वीकार गर्छ । मात्र राज्यले सहयोग गर्नुपर्यो ।’
नेपाली मौलिक हस्तकला प्रवद्र्धनमा राज्यले तत्कालनीतिगत सम्बोधन गरिदिए थाङ्काको सम्भावना नेपालमै बढ्ने उनी बताउँछन् ।तर, राज्यकातर्फबाट थाङ्का आर्टबारे सबै नेपालीलाई बुझाउन कोसिस गरिदिनु पर्ने उनको भनाइ छ ।
नेपाली पौभा (थाङ्का) कला १९८०—९० को दशकलाई थाङ्काको सुनौलो युग मानिन्छ । उनले जापान, कोरिया, चीन, अमेरिकालगायत १० मुलुकमा पौभाचित्र पठाइरहेका छन् । उनीकहाँ सयदेखि ३ लाख मूल्यसम्मका थाङ्का छन् । ६ करोड लगानीमा थाङ्काव्यापार गर्दै आएका उनीसँग सय जनाभन्दा बढी कलाकारले रोजगारी पाइरहेका छन् ।
संखुवासभाको अल्लो, जनकपुरको मिथिला कला, हाते कागजका सामान र भक्तपुर ठिमीको सेरामिकजस्ता लोक मौलिक चित्र पनि थाङ्कामा समेट्दै आएका छन् । उनकाअनुसार दलाई लामाको मण्डला भएको थाङ्का धेरैको रोजाइमा पर्छ । सुनचाँदीको मसी प्रयोग गरिएको थाङ्का चिनियाँ, थाई तथा जापानीले अझै मन पराउँछन् । भन्छन्, ‘नेपाली हस्तकलाका सामानलाई जति युनिक बनायो त्यति आकर्षित हुनुका साथै बढी बिक्री हुन्छ ।’

Comments
Post a Comment