ओली सरकार काण्डैकाण्ड मच्चाउन व्यस्त छ- नविन्द्रराज जोशी

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार काण्ड मच्चाउनमा व्यस्त रहेको आरोप लगाएका छन् ।

राजधानीको पब्लिक युथ क्याम्पसमा नेविसंघले आयोजना गरेको कार्यक्रममा नेता जोशीले वर्तमान सरकार होली वाईन काण्ड, सुन काण्ड, निर्मला हत्याकाण्ड, फोरजी काण्डलगायत काण्डैकाण्ड मच्चाउन व्यस्त रहेको आरोप लगाए । उनले लोकतान्त्रिक मार्गबाट आएको सरकार अधिनायकवाद शैलीमा परिणत हुुँदै जनताको सार्वजनिक सम्पत्ति कब्जा गर्नमा व्यस्त रहेको दावि समेत गरे ।

नेता जोशीले इतिहासको परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेविसंघ वर्तमान समयमा धमिलिँदै गएको र यसबाट सच्चिन नेविसंघलाई सुझाव समेत दिए ।

Comments