तजबिजीरुपमा खर्च गर्ने गरी सांसदहरुले मागे १० करोड बजेट, संसदमै हस्ताक्षर अभियान

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाका सांसदहरुले तजबिजीरुपमा खर्चे गर्ने गरी सांसदलाई १० करोड रकम दिन सरकारसँग ‘लबिइङ’ शूरु गरेका छन् । सांसदहरुले खर्च गर्ने रकम पारदर्शी नभएको आरोप लागिरहेका बेला ४ करोडबाट बढाएर १० करोड पुरयाउन सत्तारुढ दलका सांसदहरुले ‘लबिइङ’ थालेका छन् ।

नेकपाका केही सांसदहरुले संसद बैठक शूरु भएलगतै हस्ताक्षर अभियान थालेका छन् । यसको नेतृत्व विशाल भट्टराईले गरेका छन् । सत्तारुढ दलका सांसदहरुको हस्ताक्षर अभियानमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले पनि खुलेरै सहयोग गरेका छन् ।

सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । नीति तथा कार्यक्रम अघि दुरुपयोग हुने बजेट बढाउन सांसदहरुले ‘लबिइङ’ तिव्र पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री डा. युवराज खतिवडासँग ‘लबिइङ’ गरिरहेका छन् ।
विगतका बर्षमा सांसदलाई दिने बजेट दुरुपयोग मात्र भएको छ भने स्थानीय सरकारसँग सामानान्तर सत्ताको अभ्यास पनि भएको छ । १६५ निर्वाचन क्षेत्रमा ४ करोडका दरले रकम दिइएको थियो । सांसदलाई दिइएको रकम एकातिर दुरुपयोग भएको छ भने अर्काेतिर वर्तमान कानुनसँग बाँझिएको छ । संसद शुरु भएको पहिलो दिन ३५ सांसदले हस्ताक्षर गरेका छन् ।

Comments