लुट मच्चाउने र कर नबुझाउने एनसेल कार्यालयमा ताला लगाऔ–अभिनेत्री रेखा थापा

काठमाडौं । नेपाली चलचित्रकी स्टार अभिनेत्री रेखा थापाले राज्यलाई कर बुझाउन अटेरी गर्ने एनसेल कार्यालयमा ताला लगाउन अपिल गरेकी छिन् । आइतवार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अभिनेत्री थापाले एनसेलबाट ४० अर्ब रकम असुली गर्न युवाहरु जाग्नु पर्ने बताइन ।


‘एनसेलले देशभित्र लुट मच्चाइरहेको छ । राज्यलाई लाभांस कर नतिरेर अटेरी गरिरहेको छ’ थापाले भनिन् ‘एनसेलबाट कर असुल गर्न अब त्यसको कार्यालयमा ताला लगाउनु पर्दछ ।’ एनसेल कर विवाद अदालतदेखि सडकसम्म बहस भइरहेका बेला अभिनेत्री थापाले आफ्नो मत जाहेर गरेकी छिन् ।
एनसेलले नागरिकमा लुट मच्चाउँदा समेत राज्य सञ्चालकहरु मौन बसेको उनले बताइन । ‘देश चलाउनेहरु मौन छन् तर युवाहरु मौन बस्नु हुँदैन । एनसेलबाट कर असुल हामीले गर्नूृपर्दछ’ थापाले भनिन् । सरकारले कर असुली गर्न नसके नागरिक सडकबाट जाग्नु पर्ने थापाको तर्क थियो ।
लामो समयदेखि एनसेल कर विवादको कुरा उठाउँदै आएका अधिबक्ता सुरेन्द्र भण्डारीले एनसेलको सीम बहिष्कार गर्न आग्रह गरेका छन् ।

Comments