हामी सबै एक समयका हण्डर ठक्कर खाएर प्रेसलाई गुहार्दै हिडेकाहरु हौं: प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र प्राप्ति लगायत मुलुकका हरेक राजनीतिक परिर्वतनमा प्रेसको सहयोग र भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

आईतबार बिहान ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहालको निवास पुगेका नेपाल पत्रकार महासंघको टोलीको १६ बुँदै ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन।

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता र प्रेस मैत्री कानुन निर्माण गर्न माग गर्दे सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ।

अध्यक्ष दाहालले महासंघले राज्यले प्रेस स्वतन्त्रताप्रति लिनुपर्ने जिम्मेवारी र दायित्वबारे बुझाएको १६ बुँदे ध्यानाकर्षण पत्रको प्रसंसा गर्दे प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी सधै प्रतिवद्ध रहेको दावी गरे ।

प्रेसको सहयोग र साथ नभएको भए आफु अहिलेको अवस्थामा नआईपुग्ने भन्दै उनले महासंघले लोकतन्त्र प्राप्ति लगायत मुलुकका हरेक राजनीतिक परिर्वतनमा गरेको सहयोगको प्रसंसा गरे। उनले भने, ‘जेल नेल याताना सबै कुरा भोगेकाहरुकै सरकार छ। प्रेसकै सहयोगले गर्दा प्रधानमन्त्री मन्त्री जो जो छन् सबै एक समयका हण्डर ठक्कर खाएर प्रेसलाई गुहार्दै हिडेकाहरु नै छौ । त्यसैले यो बेला धेरै चिज हुनुपर्छ भन्ने तपाईहरुको भनाई विल्कुल जायज छ।’

महासंघका अध्यक्ष गोविन्द आचार्यले सरोकारवाला निकायसंगको छलफल र परामर्श बिनै धमाधम विधेयकहरु ल्याउने काम भएको भन्दै  प्रेस स्वतन्त्रता विरोधी कानून बन्ने खतरा देखिएकाले त्यसतर्फ महासंघले राजनीतिक दल, मानवअधिकार आयोग लगायतको ध्यानाकर्षण गराईएको बताए।

उनले पत्रकार जितेन्द्र महर्जनलाई एउटै मुद्दामा रिहा भए लगत्तै अदालत परिसर बाटै ३ पटक सम्म पक्राउ गर्ने कार्य गरिएको भन्दै तत्काल रिहा गर्न माग गरे।

अनलाईन सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझ्दा प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन अनुसार कठोर कारवाही गरेकोमा पनि महासंघले आपत्ती जनाएको छ।

Comments