एनआईसी एसिया बैंककाे नयाँ शाखा विस्तार

काठमाडौं। एनआईसी एसिया  बैंकले काठमाडौं उपत्यकाभित्र ४ र रौतहट जिल्लामा एक गरी पाँचवटा नयाँ शाखा कार्यालयहरु थप गरेको छ।

बैंकले थप १ शाखारहित बैंकिङ्ग सेवा पनि आइतबारदेखि औपचारिक उद्घाटन गरेको जनाएको छ। काठमाडौको बालुवाटार, ठूलो भर्‍याङ्ग, रामकोट र चाबहिलमा बैंकले नयाँ शाखा थप गरेको हो।

त्यस्तै, रौतहटको सिम्राभवानीपुरमा पनि बैंकले नयाँ शाखा शुभारम्भ गरेको छ भने रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नं। ४, गरगर्रेमा २४औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको बैंकले जनाएको छ।

बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकका करिब १६ लाख ग्राहक रहेका छन्।

Comments