बालुवाटारमा बिष्णु पौडेलले जग्गा किन्दा राजाको शासनमा थियो, कसरी पदको दुरुपयोग भयो ?

काठमाडौं । नेकपा महासचिव बिष्णु पौडेललाई बालुवाटारको सरकारी जमिन अतिक्रमण गरेको नियोजित आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर बचाउ गरेका छन् ।

पार्टी संसदीय दलको बैठकमा ओलीले महासचिव पौडेलमाथी नियोजित रुपमा आक्रमण भइरहेको बताए । ‘बिष्णु पौडेलले राजाको शासन कालमा जग्गा किनेका रहेछन् । राजाको शासन कालमा उनले पदको दुरुपयोग कसरी गरे ?’ प्रधानमन्त्री ओलीले भने ‘पार्टी नेतालाई कमजोर बनाउने उदेश्यका साथ यस्ता प्रपन्चहरु रचिदैछ ।’

नेकपा महासचिव पौडेलमाथी दिन प्रतिदिन सुनियोजितरुपमा आक्रमण भइरहेको छ । तरपनि नेकपाका प्रभावशाली नेताहरुले औपचारिकरुपमा मुख खोलेका थिएनन् । मंगलबार प्रधानमन्त्री ओली नेकपा संसदीय दलमा खुलेर पौडेलको बचाउ गरेका छन् ।

सोमबार विहान बसेको नेकपा सचिवालय बैठकमा पनि बालुवाटार जग्गा प्रकरणले प्रवेश पाएको थियो । वरिष्ठ नेता माधव नेपाल र सचिवालय सदस्य इश्वर पोखरेलले छानविन गर्नुपर्ने माग गरेका थिए । पार्टीका तर्फबाट आधिकारिक धारणा बाहिर ल्याउन आग्रह पनि गरेका थिए ।

Comments