काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
थाइल्याण्डको चियाङमाईमा हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आशिष भट्टराईले १७ रन बनाए । यस्तै रोहन दुदराज बिकले १४, कृष्ण कार्की १२, दिपक बोहोराले ११, सुवाष आएरले १० रन बनाए । हङकङका ब्रिज नरेन सिवपुरीले ३ तथा आहान खान्हाई त्रिबेदीले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३२ ओभर २ बलमा अलआउट हुँदै ८६ रनमा समेटिएको थियो । हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । हङकङलाई सस्तैमा समेट्न निखिल कुमार सिंहले ४ विकेट हात पारे । यस्तै विशाल कुमार पटेल र रमेश कुर्मीले समान २र२ विकेट तथा तिलक राज भण्डारीले १ विकेट हात पारे ।
साविकको विजेता समेत रहेको नेपालले उपाधिका लागि सिंगापुर र मलेसियाबीच बिजेतासंग खेल्नेछ ।
Comments
Post a Comment