बालुवाटार जग्गा प्रकरणले नेकपा सचिवालय बैठकमा प्रवेश पायो

काठमाडौं । बालुवाटार स्थित ललिता निवासको जग्गा प्रकरणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा प्रवेश पाएको छ ।

सोमबार सरकारले आगमी शुत्रलबार ल्याउन लागेको नीति तथा कार्यक्रमबारे सुझाव दिन बोलाइएको बैठकमा नेताहरुले वालुवाटार स्थित ललिता निवासको जग्गाबारे विभिन्न कुरा आएको भन्दै के हो भन्ने प्रश्न गरेका थिए । त्यस लगतै वरिष्ठ नेता माधवकुमार नेपालले क–कसको पालामा के–के निर्णय भयो त्यस बारेमा खोज्नुपर्ने बताए ।

नेता नेपाल नेतृत्वको सरकारले हाल प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास रहेको ललिता निवासको जग्गा प्रकरणमा गरेको निर्णयबारे प्रश्न उठेको हो । पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले तत्कालिन नेता नेपाल नेतृत्वको सरकारले नै निर्णय खारेज गर्न सिफारिस गरेपछि केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले त्यो निर्णय सच्याउनुपर्ने ठहर गरेको छ ।

Comments