वीआरआई सम्मेलन सकेर वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

काठमाडौं । नेकपा वरिष्ठ नेता माधव नेपाल वीआरआई सम्मेलनमा भाग लिएर स्वदेश फर्केका छन् । अप्रिल २५ तारिख पैचिँमा आयोजित बीआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनमा पूर्वप्रधानमन्त्रीको हैसियमा नेपाललाई बोलाइएको थियो । पूर्वप्रधानमन्त्रीको हैसियतमा चीन पुगेका नेपालले सम्मेलन फलदायी रहेको बताएका छन् ।

आइतवार नेपाल फर्केका नेपालले वीआरआई सम्मेलन नेपालका लागि फलदायक रहेको बताए । सम्मेलनमा १५० देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् भने भारत र अमेरिकाले प्रतिनिधित्व गरेको थिएन ।

सम्मेलनमा ५ हजारभन्दा बढीको सहभागीता रहेको थियो । विभिन्न देशबाट पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको थियो भने नेपालबाट नेता नेपाललाई बोलाईको थियो । राष्ट्रपति बिद्यादेवी भण्डारी नेपालको प्रतिनिधित्व गर्दै पुगेकी थिइन भने बिज्ञका रुपमा चीनले नेता नेपाललाई बोलाएको थियो ।

Comments