काठमाडौं । बार्सिलोना फुटबल क्लवका कप्तान कप्तान लियोनल मेस्सीको गोलसँगै बार्सिलोताले लेभान्टेलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १ ० गोलको संघर्षपूर्ण जित निकालेसँगै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको हो । बार्सिलोनाले तीन खेल अगावै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । बार्सिलोनाका लागि खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । बाँकी खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि बार्सिलोनाले (० गोलले खेल जितेको हो ।
जितसँगै बार्सिलोनाको ३५ खेलबाट ८३ अंक बन्यो । जुन अंक दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको भन्दा ९ अंकले बढि हो । एट्लेटिको मड्रिडको समान खेलबाट ७४ अंक छ ।
Comments
Post a Comment