बेइजिङ बीआरएफ सम्मेलन सम्पन्न (फोटो फिचर)

काठमाडौं । चीनको राजधानी बेइजिङमा दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड फोरमको सम्मेलन सम्पन्न भएको छ। शनिवारसम्म सम्मेलनले २८३ वटा प्रस्तावलाई अगाडि सारेको छ।

दुई दिन सम्म चलेको सम्मेलनका क्रममा भएको सरकार तथा राष्ट्र प्रमुखहरुको राउण्ड टेबलले ३८ बुँदे घोषणापत्रसमेत जारी गरेको छ। ३७ देशका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता रहेको राउन्ड टेबलमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता थियो।राउन्ड टेबलले तीन वटा विषयगत क्षेत्रका ६५ वटा परियोजनालाई समावेश गरिएको छ। जस अन्तर्गत आर्थिक कनेक्टिभिटी अन्तर्गत नेपाल समावेश छ । इकोनोमिक करिडोर र अन्य उत्प्रेरित परियोजना तथा कनेक्टिभिटीले सहयोग गरिएका परियोजनामा ३५ वटा परियोजना समावेश छन्। जसमध्ये नेपालको क्रस बोर्डर रेलवेसहित नेपाल चीन ट्रान्स–हिमालय बहुआयामिक कनेक्टिभिटी सञ्जाल घोषणापत्रमा समावेश भएको छ।राष्ट्रपति सी र उनकी पत्नीले बेइजिङमा अन्तर्राष्ट्रिय सहयोगको लागि दोस्रो बेल्ट र रोड फोरममा सहभागीहरूको तग शुक्रवार साँझ भव्य स्वागत गरेका थिए ।

‘चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट सबै अतिथिहरूमा स्वागत छ। आजको भेलाले हामीलाई हाम्रो हृदयमा सुन्दर सम्झनाहरू सम्झाउँदछ,’ चीनीयाँ राष्ट्रपति सीले भने ।

Comments