अभिनेत्री श्वेता खड्का आकस्मिक दिल्लीको अस्पतालमाः जिन्दगीले फेरी मसँग अर्काे खेल खेल्यो

जिन्दगीले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् ।

काठमाडौं । सिन्धुपाल्चोकको भूकम्प प्रभावित माझि गाउँमा नमुना बस्ती बनाएलगतै ‘हेलो जिन्दगी’ फिल्मको सुटिङमा रहेकी अभिनेत्री श्वेता खड्का आकस्मिक अस्पतालमा भर्ना भएकी छिन् । अस्पतालमा भर्ना मात्र नभई उनको शल्यक्रिया पनि भएको छ । गर्धनमा ट्यूमर देखिएपछि श्वेताले भारतमा शल्यक्रिया गराएको सामाजिक सञ्जालबाट जानकारी गराएकी छिन् ।

‘हेलो जिन्दगी’ फिल्म सुटिङका लागि उनी लण्डन पुगेकी थिइन । त्यही उनी विरामी पनि परेकी थिइन । विरामी परेकी श्वेता भारतमा आएर ट्यूमरको शल्यक्रिया गराएकी छिन् । ‘लन्डन जानुभन्दा केही दिन अघि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो ।

डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो’ सामाजिक सञ्जालमा श्वेयताले लेखेकी छिन् ‘तर लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’

डाक्टरको सल्लाह अनुसार उनलाई दिल्ली ल्याइएको थियो । जहाँ पति स्वर्गीय श्रीकृष्ण श्रेष्ठलाई अन्तिम उपचारका लागि लिएको थियो । श्वेयताको स्वास्थ्य डा. सुरेन्द्र कुमार दवास हेरिरहेका छन् भने उनले नै सफल शल्यक्रिया गरेको श्वेताले बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा भावपूर्ण स्ट्याटस राखेकी छिन् । ‘हेलो जिन्दगी’ फिल्म आफुले अगाडी बढाउन नसक्ने जानकारी दिँदै उनले यस्तो स्ट्याटस लेखेकी छिन् । ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् । म दु.खपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।’

Comments