अब देशमा भ्रष्टाचार हुदैँन भन्नेमा, म ढुक्क छु- सुवास नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अब देशमा भ्रष्ट्राचार हुदैँन भन्नेमा आफु ढुक्क भएको बताएका छन् ।

सोमबारदेखि शुरु भएको संसदको बजेट अधिवेशनमा बोल्दै नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचारको बिरुद्धमा बोलेकाले अब देशमा भ्रष्ट्राचार हुदैँन भन्ने कुरमा आफु ढुक्क रहेको बताएका हुन् ।

‘मलाई खुसी लागेको छ। अब यो देशमा भ्रष्टाचार हुँदैमा भन्नेमा म ढुक्क भएँ। प्रधानमन्त्रीले शून्य सहनशीलताको कुरा गर्नुभएको छ।’ उनले भने, ‘म भ्रष्टाचार देख्न सक्दिनँ, देख्न चाहन्न भन्नुभएको छ। प्रतिपक्षी दलको नेताले पनि रोस्ट्रममा उभिएर त्यही कुरा गर्नुभएको छ। मैले हामी ढुक्क हुने अवस्था देखिरहेको छु ।’

पूर्वसभामुख समेत रहेका नेता ु, नेम्वाङले जनता अहिले खुसी र उत्साहित भएको दाबी समेत गरे । ुपहिलोपटक नेपालको इतिहासमा, हामीले धक फुकाएर, शीर ठाडो पारेर भनिरहेका छौं र भन्नसक्नुपर्छ, जनता निराश छैनन्। जनता उत्साहित र खुसी छन्। संघीय संसदमा उपस्थित दलका नेताहरुको प्रयासले हामी यो निष्कर्षमा आइपुगेका हौुं, उनले भने।

नेम्वाङले प्रतिपक्षलाई सम्मान गर्ने र साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले निरंकुशताविरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।

तर, यो सिस्टमले परिणाम दिन सकेन भने अमुक प्रधानमन्त्री वा सत्तापक्ष मात्र फेल नहुने भन्दै नेम्वाङले भने, ‘आन्दोलन गरेर हामीले स्थापित गरेको प्रक्रिया फेल हुन्छ । सबै प्रकारका आग्रह पूर्वाग्रहबाट माथि उठेर सफल बनाउन भूमिका निर्वाह गर्नुपर्छ ।’

Comments