नागरिकसँग गरिएका प्रतिबद्धा पूरा गर्छौं- भीम रावल

डोटी । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले नागरिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका छन् ।

झोलुङ्गे पुल शिलान्यासका लागि डोटी पुगेका नेता रावलले पत्रकारसँग कुरा गर्दै नागरिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका ईञ्चार्जसमेत रहेका रावलले भने, “हामीले जनता सामु जे गर्छौं भनेका थियौँ ती सबै पूरा गरेरै छोड्छौँ ।” स्थानीय तहको निर्वाचनका क्रममा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडामा पनि विगतमा गरिएको प्रतिबद्धता स्वरुप भूमिगत खानेपानी आयोजना निर्माण र झोलुङ्गे पुल निर्माण गर्न लागिएको नेता रावलले बताए ।

नेता रावलले सार्वजनिक यातायातका लागि दिपायल सिलगढी नगरपालिकाले किनेको नयाँ नगर बसको पनि एक कार्यक्रमका बीच पनि शुभारम्भ गरे ।

प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयको रु ५७ लाख ३१ हजार ४११ को लागतमा बन्न लागेको उक्त पुलले जिल्लाको पिपल्ला बजार, घोल्ताडा, रातुली तथा पाकरी गाउँ जोड्ने स्थानीयवासी टीकासिंह भण्डारीले जानकारी दिए ।

Comments