सन्दीपको सिकार बने निखिल नायक

काठमाण्डौ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आफ्नो पहिलो खेलमा उत्रिएका नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेका छन् ।

दिल्ली क्यापिटल्सबाट तेस्रो खेलमा मौका पाएका सन्दीपले आफ्नो दोस्रो ओभरमा विकेट लिन सफल भएका छन् । उनले तेस्रो ओभरको चौथो बलमा निखिल नायकलाई बोल्ड गरेका छन् । उनले पहिलो ओभरमा किफायति बलिङ गर्दै मात्र एक रन खर्चिएका थिए ।

उनले दुई ओभर बलिङ गर्दा ७ रन खर्चिएर एक विकेट लिन सफल भएका छन् । दिल्लीले आईपीएलको तेस्रो खेलमा आएर नेपालका लेग स्पिनर सन्दिप लामिछानेलाई मौका दिएको हो । उनी दिल्लीका अघिल्ला दुई खेलमा प्लेईङ सेट बाहिर रहेका थिए ।

Comments