प्रहरीले विप्लवको कार्यालय भवनमाथि चलायो डोजर

बुटवल । प्रहरीले रुपेन्देहीस्थित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालय लगाएर भत्काएको छ ।

बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो ।

उक्त भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो । उक्त दुईतर्ले रातो घर’ अहिले प्रहरीले भत्काइरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले अहिले सो भवन भत्काउँदै गरिएको बताए । उनले शुक्रबार साँझसम्म सम्पूर्ण भवन भत्काइसक्ने जानकारी दिए ।

मल्लले भवन भत्काउनका लागि विभिन्न ठाउँबाट डोजरहरु झिकाइएको समेत बताए ।

Comments