लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ हो– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ भएको बताएका छन् । राजधानीमा शुरु भएको लगानी सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण राम्रो भएको र लगानीका लागि नेपाल भजिन ल्याण्ड भएको बताएका छन् ।
अन्तराष्ट्रिय लगानी कर्तालाई आकर्षण गर्न नेपालमा आजदेखि लगानी सम्मेलन शूरु भएको थियो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न कुनै कानुनी झण्झट नभएको पनि बताएका छन् । ‘स्थायी सरकार छ, लगानी मैत्री कानुन छ,’ प्रधानमन्त्री ओलीले भने ‘नेपाल लगानीका लागि भर्जिन ल्याण्ड पनि हो ।’ प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक संक्रमण अन्त्य भएको दावी गर्दै सुरक्षित महसुस गरी नेपालमा लगानी गर्न आह्वान गरे ।
सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिएको छ । सम्मेलनमा सहभागी ४० देशका ६०० प्रतिनिधिहरु लगानी सम्मेलनमा सहभागी भएका छन् ।

Comments