लगानी सम्मेलन काठमाडौंमा शूरु, लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट देश

काठमाडौँ । लगानी सम्मेलन काठमाडौंमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको उद्घाटन गरेका छन् । अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्न सरकारले आजदेखि दुई दिने लगानी सम्मेलन राजधानी काठमाडौंमा गरिरहेको छ ।

लगानी सम्मेलनमा भारत, चीन, इजरायल, भियतनाम, दक्षिण कोरिया, स्पेन लगायत साढे चार सय लगानीकर्ता सहभागी भएका छन् । ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी भएको लगानी बोर्डले जनाएको छ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालभित्र लगानी गर्ने उपयुक्त वातावरण भएको विश्वास प्रधानमन्त्री ओलीले दिलाएका छन् ।

सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना लगायतका कम्पनीका प्रतिनिधि भारत निर्माण सामाग्री, लिड लाइट, हाइड्रोपावर, सडक पूर्वाधार लगायतका कर्मचारीको सहभागिता रहेको छ । इण्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका निर्देशक केसी सुन्दरम, इवाइका साझेदार आर वालाचन्दर, किङ्गर इलेक्ट्रोनिक्सका सञ्चालक विनोद किङ्गर, इन्भारो हाइलाइट प्राइभेट लिमिटेडका निर्देशक देवेन्द्र कुमार सिंह, टेरेफिर्मा इन्टरनेश्नलका अध्यक्ष काजेम सामन्दरी, सिनर्जी इनभारोनिक्सका प्रवन्ध निर्देशक अजे पोद्दार पनि सम्मेलनमा सहभागी भएका छन् ।

Comments