सन्दीप लामिछाने आजको खेलमा टिममा पर्न सफल,दिल्ली फिल्डिङ गर्दै

काठमाण्डौ । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा अहिले दिल्ली क्यापिटल्स र कोलकत्ता नाईटराईडर्सबीच प्रतिस्पर्धा हुदैछ ।

कोलकत्ताविरुद्व दिल्लीले टस जितेर फिल्डिङ रोेजेको छ । दिल्लीले आईपीएलको तेस्रो खेलमा आएर नेपालका लेग स्पिनर सन्दिप लामिछानेलाई मौका दिएको छ । उनी दिल्लीका अघिल्ला दुई खेलमा प्लेईङ सेट बाहिर रहेका थिए । सन्दीप बिनाको दिल्लीले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । कोलकत्ता भने दुवै खेलमा अपराजित रहेको छ । यस्तोमा कोलकत्ताले अपराजित यात्रालाई निरन्तरता दिने कोशिस गर्नेछ । दिल्ली भने दोस्रो जितको खोजीमा हुनेछ ।

Comments