म्यानचेस्टर सिटीमाथि फिफाकाे कारबाही 

काठमाण्डाै । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई फिफाले दुई सिजन कुनै पनि खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ। फिफाको नियमविपरीत युवा खेलाडी अनुबन्धनका लागि तेस्रो पक्षलाई रकम दिएको सार्वजनिक भएपछि सिटी संकटमा परेको हो। सिटीमाथि फुटबल संघ र प्रिमियर लिग आयोजकले पनि अनुसन्धान गरिरहेका छन्।

यस्तैमा सिटीले आफ्नो फाइनान्सियल फेयर प्ले नियम तोडेको भन्दै फिफाले दुई सिजन कुनै पनि खेलाडी अनुबन्ध गर्न नपाउने गरी कारबाही गर्न लागेको हो। यो कारबाहीमा युरोपेली फुटबल महासंघ पनि सहमत देखिएको छ। सिटीले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने जनाएको छ। यसअघि चेल्सीमाथि पनि यस्तै प्रतिबन्ध लगाइएको थियो।

Comments