हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले थाल्यो हस्ताक्षर संकलन

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दबाव दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन कमल थापा नेतृत्वको राप्रपाले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ । विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए ।

विश्वकै हिन्दुहरूको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनर्स्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिनु भयो। संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको योजना छ। ८१ प्रतिशतभन्दा बढी हिन्दुहरू बसोबास रहेको मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सरकारलाई दबाव दिन सो हस्ताक्षर संकलन अभियान सुरु गरिएको पनि नेता तामाङले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दबाव दिन सरकारलाई ज्ञापन(पत्र बुझाउनका लागि मेची(महाकाली अभियान पनि संचालन गरेको थियो।

Comments