एक साताभित्र १० हजार करार शिक्षक नियुक्ति गर्ने सरकारको तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक गरेलगतै शिक्षा मन्त्रालयले १० हजार करार शिक्षक नियुक्तिको तयारी थालेको छ । विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न मन्त्रालयले गृहकार्य थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेलले एक साताभित्र करार शिक्षक नियुक्रिको बाटो खुल्ने बताएका छन् । शिक्षक महासंघका पदाधिकारीहरुले पनि करार शिक्षक नियुक्तिको माग गर्दै आएका थिए ।

शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने मन्त्रालयले जनाएपछि नयाँ नियुक्तिको तयारी थालिएको हो । मन्त्रालयले एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने गरी तयारी थालेको छ । शिक्षा ऐनले फेल भएका शिक्षकलाई स्वतः अवकास हुने व्यवस्था गरेको छ । ठुलो संख्यामा शिक्षक पद खाली भएपछि सरकारले तत्काल समस्या समाधान गर्न करार नियुक्तिको प्रक्रिया थालेको छ ।

Comments