ओखलढुंगामा जिप दुर्घटना, ६ जनाको मृत्यु, तीन घाइते

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

आइतबार दिउँसो साढे १२ बजेतिर सोलु्खुम्बुबाट काडमाण्डौ आउँदै गरेको बा १६ च २२०६ नम्बरको जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुुंगाले जनाएको छ।

मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

Comments