रविन्द्रको निर्वाचन क्षेत्रमा पत्नी बिद्या उम्मेद्धार, तर पर्यटनमन्त्री को ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यमन्त्री रविन्द्र अधिकारीको दुखद निधन भएको एक महिना पुगेको छ । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि उनले समाल्दै आएको मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैले समाल्दै आएका छन् । उनको निधन भएको एक महिनापछि नेकपाभित्र पर्यटन तथा नागरिक उड्यनमन्त्रालय र उनको निर्वाचन क्षेत्रका बिषयमा चर्चा शुरु भएको छ ।
उनले समाल्दै आएको मन्त्रालयमा कस्सलाई मन्त्री पठाउने भन्ने बिषयमा नेकपा शिर्ष नेताहरुले छलफल थालेका छन् । शुक्रवार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा शिर्ष नेताबीच मन्त्रीका बिषयमा छलफल भएको स्रोतले बताएको छ । तर प्रधानमन्त्री ओली भने तत्काल पर्यटनमन्त्री अर्काे बनाउने पक्षमा देखिदैनन् ।
पर्यटनमन्त्रीका लागि नेकपाभित्र सांसदहरुको दौडधुप शुरु भएको छ । नेकपा अध्यक्ष दाहाल पर्यटनमन्त्रीसँगै अन्य मन्त्रीको जिम्मेवारी हेरफेर र थपघट गराउने पक्षमा छन् भने प्रधानमन्त्री ओली मन्त्रीपरिषद थपघट गर्ने पक्षमा देखिदैनन् । शुक्रवार पाँचमन्त्रीको जिम्मेवारी हेरफेर पर्यटनमन्त्री नियुक्तिका बिषयमा प्रचण्ड निवासमा छलफल भएको थियो ।
मन्त्री अधिकारीको निधन भएपछि कास्की क्षेत्र नं ३ पनि रिक्त भएको छ । रिक्त पदमा कस्लाई चुनाव लडाउने ? यो बिषयले पनि नेकपाभित्र प्रवेश पाएको छ । पार्टी सचिवालय सदस्य बामदेव गौतम अधिकारीकी धर्मपत्नी बिद्या अधिकारीलाई नै उम्मेद्धार बनाउनु पर्ने धारणा राख्दै आएका छन् । उनको धारणामा दुई अध्यक्ष र अन्य नेतापनि सहमत देखिएका छन् ।
गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्धार देवराज चालिसेलाई अधिकारीले ८ हजार मतान्तरबाट जितेका थिए । तर कांग्रेसले चालिसेलाई नै उम्मेद्धार बनाउने लगभग निश्चित छ । नेकपाभित्र बिद्यालाई उम्मेद्धार बनाउने चर्चा चलेपछि औपचारिक संवाद भने हुन सकेको छैन ।
कतिपयले बिद्यालाई उम्मेद्धार बनाउने र उनी सांसदमा बिजय भए पर्यटनमन्त्री बनाउने तयारी प्रधानमन्त्री ओलीले गरेको बिश्लेषण गर्न थालिएको छ । तर प्रधानमन्त्री ओलीले निर्वाचन र मन्त्री नियुक्तिका बिषयमा औपचारिक धारणा बाहिर ल्याएका छैनन् ।

Comments