२० हजार नयाँ कर्मचारीका लागी आवेदन खोल्ने तयारीमा लोकसेवा आयोग

काठमाण्डौ । कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले विभिन्न तहका कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ ।

कर्मचारी समायोजन सकिएपछि बाँकी रहेका कर्मचारी पदपूर्ति गर्न आयोगलाई निर्देशन दिइएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए । देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरूको अभाव भइरहेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरूको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको पनि बताए।

अब तत्काल लोक सेवा आयोगले २० हजार विभिन्न तहका कर्मचारीका लागि आवेदन खुला गर्नेछ । आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गरिने छ ।

Comments