सदाबहार अभिनेत्री झरनाका ४० बसन्त : यही जन्ममा राम्रो गर्ने हो, अर्काे जन्म कस्ले देखेको छ र ?

काठमाडौं । नेपाली चलचित्रकी सदावहार अभिनेत्री झरना थापा ४० बर्षमा प्रवेश गरेकी छिन् । दर्जनौ नेपाली हिट फिल्म दिएकी अभिनेत्री थापा यतिबेला उनको परिचय अभिनेत्रीमा मात्र सिमित छैन ।

उनले गतबर्ष देखि आफ्नो परिचयमा थपेकी छिन् ‘निर्देशक’ । बुधवार उनले आफ्नो जन्म दिनमात्र मनाएकी छैनन् आफैले निर्देशन गरेको ए मेरो हजुर–३ को ट्रेलर पनि सार्वजनिक गरेकी छिन् । आगमी चैत २९ गते उनको चलचित्र ए मेरो हजुर –३ देशभर रिलिज हुने भएको छ । झरना त्यस्कै तयारीमा ब्यस्त भएकी छिन् ।

‘हरेक जन्मदिनमा आमासँग जाने गर्दथ्थे तर यो बर्ष कामको चापले कतै जान पाइन’ उनले भनिन् ‘परिवारसँग बसेर जन्म दिन मनाउनुको मच्जा नै बेग्लैछ ।’ सामाजिक सञ्जालबाट उनलाई जन्मदिनको शुभकाना आफ्न्त सहकर्मी र दर्शकहरुले दिइरहेका छन् । फेसबुक खोलेर हेरेपछि हजारौ मानिसले जन्मदिनको शुभकामना दिएको देखेर खुसी भएको बताइन ।

‘हरेक मानिसलाई आफ्नो जन्मदिन विशेष लाग्छ। यसले भावुक पनि बनाउँछ’ उनले भनिन् ‘ यो संसारमा आएको दिन भन्ने हिसाबले खुसी लाग्छ। विशेष दिन आएको जस्तो पनि लाग्दोरहेछ। फेरि भावुक पनि बनाउँछ, के कुराले भने हामी आफ्नो हिसाबले अगाडि बढिरहेका छौं। अब भोलिको दिन कस्तो होला, कसरी अगाडि बढ्ला ? बर्थडेको दिनबाट यसो गर्छु, उसो गर्छु भन्ने लाग्दैन। प्रतिज्ञा पनि गर्दिनँ तर आजै राम्रो गर्दै जाऊँ, केही विशेष काम गरौं, सबैसँग अभैm घुलमिल होस् भन्ने चाहन्छु । हामीले अर्को जन्म देखेका छैनौं। यो जन्ममै सबैको हुन सकूँ, राम्रो गर्न सकूँ भन्ने लाग्छु।’

Comments