घुससहित सहायक वन अधिकृतसहित २ कर्मचारी पक्राउ

सिमरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले जिल्ला वन कार्यालय सिमराका सहायक वन अधिकृतसहित २ कर्मचारीलाई एक लाख १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

शुक्रबार वन कार्यालयले आह्वान गरेको कबाडी ठेक्काको टेन्डर स्वीकृत गर्न सहायक वन अधिकृतसहितका कर्मचारीले सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना पाएपछि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको टोलीले उनीहरुलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

कार्यालय प्रमुख ठाकुर र सहायक वन अधिकृत केसरी २५ हजार र कार्यालय सहयोगी अधिकारी ९० हजार घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

Comments