एस्ट्रोलोजीमा अधारित चलचित्र ‘शुभलभ’ चैत १५ देखि प्रर्दशनमा

काठमाडौं । एस्ट्रोलोजीमा अधारित नेपाली कथानक चलचित्र ‘शुभलभ’ शुक्रबार देखि प्रर्दशनमा आउने भएको छ ।

सन्तोष लोहनीको निर्देशन तथा उदयमादन विजनेशम्यान धर्मराज सुवेदीको लगानीमा निर्माण गरिएको चलचित्र ‘शुभलभ’ चैत १५(शुक्रबार) देखि एकै साथ देशभर प्रर्दशनमा आउने भएको हो । चलचित्र ‘शुभलभ’ले पछिल्लो समय आएका चलचित्र भन्दा नयाँ कथा दिन खोजेको निर्देशक लोहनी बताउछन् । उनी भन्छन, ‘शुभलभ दर्शकको लागि प्रिय हुन सक्छ ।’

निर्देशक लोहनी पछिल्लोपटक फिल्म चल्ने र नचल्नेमा रिलिज डेटले फरक पर्ने बताउछन । चलचित्रमा नायकको अभिनय हरिहर अधिकारीले गरेका छन् । उनि भाग्य र भविष्य हेर्ने साच्चिकै ज्योतिषी पनि हुन ।

चलचित्र ’शुभलभ‘ एक करोड ८० लाखमा निर्माण गरिएको बताइएको छ ।

Comments