आकस्मिक प्रचण्डले थाले राजनीतिक मुभ ! पार्टी एकता टुंग्याउन निवासमा गोप्य छलफल

काठमाडौं । विवादै विवादमा जेलिएको पार्टी एकतालाई पूर्णता दिन नेपाल कम्यूनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मुभ बढाएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली लगानी सम्मेलनमा ब्यस्त भएका बेला प्रचण्डले पार्टी एकताको अन्तिम गृहकार्य थालेको स्रोतले बताएको छ ।

एक साता लामो अमेरिका भ्रमणपछि नेपाल फर्किएका प्रचण्डले पार्टी एकताका लागि सघन छलफल थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लगानी सम्मेलनमा ब्यस्त भएका बेला प्रचण्ड नेकपाका केही प्रभावशाली नेताहरुसँग शुक्रवार पार्टी एकताका बिषयमा छलफल गर्दै थिए । आफ्नै निवास खुमलटारमा उनले शिर्ष नेताहरुसँग छलफल गरेका छन् ।

जिल्ला र जनवर्गिय संगठनको एकता प्रस्ताव दुई अध्यक्षले अमेरिका जानुभन्दा अघि नै तयार गरेका थिए । वरिष्ठ नेता माधव नेपालले सामानान्तर कमिटी बनाउने चेतावनी दिएपछि पार्टी सचिवालयमा टुंगिन सकेको थिएन । अमेरिका जानुभन्दा अघि उठेका विवादलाई मिलाउन प्रचण्डले उच्च तहको राजनीतिक छलफल थालेको स्रोतले बताएको छ । पार्टी एकता भएको एक बर्ष पुग्न लाग्दा पनि जिल्ला र जनवर्गिय संगठनहरु एक हुन सकेका छैनन् भने केन्द्रीय समितिका सदस्यहरु कामविहिन बनेका छन् ।

प्रदेश कमिटी निर्माण गर्दा उत्पन्न विवाद पार्टीभित्र अझै सेलाएको छैन । प्रचण्डले छलफल त्यहीबाट थालेका छन् । प्रदेश कमिटी हेरफेरदेखि जिल्ला कमिटी निर्माणसम्मको तयारी थालेका छन् । अबको एक साताभित्र एकताको काम टुंग्याउने गरी प्रचण्डले छलफल थालेको उनी निकट स्रोतले बताएको छ । गण्डकी प्रदेश बाहेक सवै जिल्ला कमिटीको टुंगो दुई अध्यक्षले लगाईसकेका छन् । तर बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठले असहमति जनाएपछि सचिवालयबाट निर्णय हुन सकेको थिएन ।
असहमति जनाउने नेताहरुसँग प्रचण्डले छलफल गरेका छन् । उनले पार्टीका प्रभावशाली नेता र सचिवालय सदस्यहरुसँग छलफल गरिरहेका छन् । लगानी सम्मेलन सकिएलगतै सचिवालय बैठक बोलाउने तयारी गरिएको छ । सचिवालय बैठकले जिल्ला कमिटीको सूचि तयार गरेपछि स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

Comments