फुलह्यामलाई हराउँदै म्यान्चेष्टर सिटी शीर्ष स्थानमा फर्कियो

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा म्यान्चेष्टर सिटी फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । फुलह्यामलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा बर्नाल्डो शिल्भा र सर्जियो अग्युरोले गोल गरेका थिए। शिल्भाले खेलको पाँचौ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । अग्युरोले २७ औ मिनेटमा सिटीको अग्रता दोब्बर पारेका थिए।

शीर्ष स्थानको सिटीले ३१ खेलबाट ७७ अंक जोड्यो । दोस्रो स्थानको लिभरपुलले ७६ अंक जोडेको छ । लगातार आठौं हार ब्यहोरेको फुलह्याम १७ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।

Comments