भारतीय स्टार क्रिकेटर गौतम गम्भीरले सन्दीपको क्षमतामा अब भरोषा गर्ने की ?

काठमाडौं । शनिवार साँझ । दिल्लीको कोटला मैदानमा दिल्ली क्यापिटलस र कोलकाता नाइट राइडर्सबीच आइपीएल खेल शुरु हुँदै थियो । खेल शुरु हुनुभन्दा अघि क्रिकेटका दिग्गजहरु भविश्यवाणी र अडकजबाजी गरिरहेका थिए । दिल्ली क्यापिटलसमा सन्दीप लामिछानेको चर्चा भइरहेका बेला भारतीय स्टार क्रिकेट खेलाडी तथा दिल्लीका पूर्व कप्तान गौतम गम्भीरले सन्दीपका बिषयमा गम्भिर प्रतिक्रिया दिए । ‘हामी सवै सन्दीप, सन्दीप भनिरहेका छौ । बिग बास, बंगलादेश सुपर लिगमा उनले राम्रो प्रर्दशन गरे तर यो आइपीएल हो । अन्यभन्दा यो धेरै माथिल्लो स्टरको लिग हो यहाँ सन्दीपलाई धेरै भरोषा गर्न सकिदैन ।’

पूर्व कप्तान गम्भीरले प्रतिक्रिया दिएको केही समयमै सन्दीप मैदानमा देखिए । उनले आफ्नो पहिलो ओभरमा केवल एक रन मात्र दिए । दोस्रो ओभरमा उनले कोलकाताका स्टार ब्याट्सम्यान निखिल नायरलाई तवेलियको बाटो देखाए । कोलकतालाई उनले दवावमा राखे । पहिलो ओभरमा १२ रन बनाएको कोलकोतालाई सन्दीपले साइजमा मात्र ल्याएनन् पहिलो विकेट पनि लिए । दिल्लीका लागि सवैभन्दा कम रन दिएर एक विकेट लिने खेलाडी सन्दीप बने । उनले ४ ओभरमा १ विकेट लिएर २६ रन मात्र दिए ।

सन्दीपले अघिल्लो बर्ष दिल्लीबाट आइपीएलमा डेब्यू गर्दा कप्तान थिए गौतम गम्भीर । गम्भीरले कप्तानी समालेसम्म सन्दीप मैदानमा छिर्न पाएनन् । उनको कप्तानी सफल नभएपछि बिचमै कप्तानी छोडे । गम्भीरले कप्तानी छोडेपछिका अन्तिम तीन खेलमा सन्दीपले मौका पाए । उनले तीन खेलमा पाँच बिकेट लिएर आफ्नो क्षमतालाई प्रर्दशन गरे ।

गौतम गम्भीरले सन्दीपमाथीको आफ्नो धारणा परिर्वतन गर्ने बेला आएको छ । आइपीएलमा पनि उनले आफ्नो पहिलो खेलमै राम्रो प्रर्दशन गरेका छन् । दिल्लीका अन्य बलरसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता सन्दीपमाथी भएको टिप्पनी अन्य भारतीय क्रिकेट खेलाडीहरुले गरेपनि गम्भीरले अझै भरोषा गर्न सकेका छैनन् ।

Comments