आलियामाथी कंगनाको निशानाः सेक्सको कुरा गर्न सक्ने तर देशको कुरा आए बच्चा कहलाउने ?

एजेन्सी । ऋतिक रोशनसँगको सम्बन्धमा दरार आएपछि ४ सयपेज लामो इमेल लेख्दै कंगना रनौतले भनेकी थिइन म रणवीर कपुरसँग यौन सम्बन्ध राख्न चाहन्थे ।

लामो समयदेखि रणबीरसँगको शारिरिक सम्बन्धकी प्यासी बनेकी कंगनाले अर्काे बयान दिएकी छिन् । रणविर र आलिया भटलाई लिएर उनले नयाँ बयान दिएकी हुन् । बलिउडभित्र रणबीर र आलियाको प्रेमसम्बन्धलाई चर्चा चुलिएका बेला कंगनाले आलिया कलिलो उम्मेरकी नभएको बताएकी छिन् ।

एक अन्तर्वार्तामा कंगनाले रणबीर र आलियामाथी निशाना साँधेकी छिन् । -बलिउडमा मानिसहरु अनौठो कुरा गर्दछन् । रणबीर कपूर र आलिया भट्टलाई जवान भन्छन् । रणबीर ३७ बर्षका भएभने आलिया २७ बर्षकी भइन,- कंगनाले भनेकी छिन्- आलियाको उम्मेरमा मेरी आमाका तीन बच्चा थिए । आलिया बच्ची होइनन् ।

उनले अर्काे महत्वपूर्ण कुरा पनि बताएकी छिन् । -यी ब्यक्तिहरु सेक्स लाइफका बारेमा छलफल गर्न सक्छन जव देशको मुद्दाको बिषय आउँछ बच्चा कहलाउछन्,-कंगनाले भनिन् -हामी आफ्नै सेक्स लाइफको बारेमा कुरा गर्नु ठिकै हो, तर सामाजिक सञ्जालमा तस्विर राखेर को-के गरिररहेको छ भन्ने कुरा पक्का गर्न चाह्रन्छन् । जव देशको कुरा आउँछ अनि मेरो ब्यक्तिगत कुरा हो भन्दै पन्छिन्छन् ।

Comments