सन्दीप लामिछानेको कोलकत्ता विरुद्ध ४ ओभरमा शानदार प्रदर्शन

काठमाण्डौ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को आफ्नो पहिलो खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्सबाट तेस्रो खेलमा मौका पाएका सन्दीपले कोलकत्ताविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।

नयाँ सिजनको डेब्यु खेलमा सन्दीपले आफ्नो दोस्रो ओभरमै विकेट लिएका थिए । उनले तेस्रो ओभरको चौथो बलमा निखिल नायकलाई ७ रनमा बोल्ड गरेका थिए । दोस्रो ओभरमा सन्दीपले ६ रन खर्चिएका थिए । त्यसअघि सन्दीपले पहिलो ओभरमा किफायति बलिङ गर्दै मात्र एक रन खर्चिएका थिए । सन्दीपले तेस्रो ओभरमा एक रनआउट सहित ३ रन खर्चिए । सन्दीपले शुबम्यान गिललाई रन आउट गराएका थिए।

सन्दीप चौथो ओभरमा भने महँगो साबित भए । आफ्नो अन्तिम ओभरमा सन्दीपले दुई छक्का र एक चौकासहित १७ रन खर्चिए । दिल्लीले आईपीएलको तेस्रो खेलमा आएर सन्दीपलाई मौका दिएको हो । उनी दिल्लीका अघिल्ला दुई खेलमा प्लेईङ सेट बाहिर रहेका थिए ।

Comments