आइपीएलमा क्रिस गेलका ३०० छक्का

एजेन्सी । बेष्ट इन्डिजका स्टार ब्याट्समेन क्रिस गेलले आइपीएलमा ३०० छक्का प्रहार गरेका छन् । आइपीएल शुरु भएदेखि उनले निरन्तर खेलिरहेका छन् । रोजय चेलेन्जर बेग्लोरको टिमबाट खेल्दै आएका गेल यो बर्ष उनले किग्स लेवेन पन्जावबाट खेलिरहेका छन् । गेलले यो बर्ष तीन खेल खेलेका छन् ।

मुम्बई इन्डियनसँगेको खेलमा उनले आइपीएलभित्र ३०० छक्का प्रहार गरेका छन् । आइपीएलको खेलमा सर्वाधिक छक्का बनाउने खेलाडी गेल बनेका छन् । आइपीएलको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि गेल नै हुन् । उनले एउटै खेलमा १७५ रन बनाएका थिए ।

मुम्बई इन्डियनसँगको खेलभन्दा अघि उनका नाममा २९८ छक्का थिए । मोहालीको आईएस बिंद्रा क्रिकेट स्टेडियममा उनले ३०० छक्का प्रहार गरेका छन् । उनले शनिवार २९९ औ छक्का १०१ मिटर लामो मारेका थिए । उनले खेलको तेस्रो ओभरमा लगातार २ छक्का प्रहार गरी आफ्नो जीवनको आइपीएलमा तीन सय छक्का प्रहार गरेका छन् ।

Comments