लगानी सम्मेलनमा १६ परियोजनामा हस्ताक्षर, अरुण तेस्रोदेखि माथिल्लो त्रिशूलीमा समझदारी

काठमाडौं । अन्तराष्टिय समुदायसँग सरकारले गरेको लगानी सम्मेलनमा १६ प्रस्तावमाथी हस्ताक्षर भएको छ । सरकारले ५० र निजी क्षेत्रले २७ परियोजना ‘सो केस’ मा राखिएको थियो । जस मध्ये १६ परियोजनामा सझझदारी भएको छ । लागनी सम्मेलनमा सबैभन्दा पहिले चौधरी ग्रप र स्रप ग्रपबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

६ सय मेघावाट जलविद्युत आयोजनाकामा चौधरी ग्रुपसँग स्काइ पाओरले समझदारी गरेको छ। तेस्रोमा फाइव जी मोबाइलकालागि चौधरी ग्रुप र टर्क सेलबीच पनि समझदारी भएको छ । सोलार र्पोटेवल टाइप इनर्जीमा लगानीका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सिजी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्माण चौधरीबीच पनि समझदारी भएको छ।

कोरियन लगानी कर्ताले फाइनान्सल इनभेन्समेन्ट कन्फरमेसन अन्तर्गत माथिल्लो त्रिशुलीको ६ सय ५० मिलियन डलर दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। अरुण तेस्रो जलविद्युत आयोजनाका लागि स्टेट बैक अफ इन्डिया, नेपालको एभरेस्ट बैंक र नविल बैंकबीच सझदारीपत्रमा हस्ताक्षर भएको छ।

कालिगण्डगी जलविद्युत आयोजनाका लागि युनान हाइड्रो पावर इन्स्टिच्युसन र सांघाई इनभेस्टमेन्ट डिजाइन एण्ड रिसर्च इन्स्च्यिुटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सरकारलाई औधोगिक विकासका लागि गैर आवासीय नेपाली संघले १० विलियन नेपाली रुपैयाँ प्रदान गरेको छ।

Comments