काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीले निष्कासन गरेको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओमा सबै आवेदकहरूले २० कित्ता सेयर अनिवार्य पाएका छन् भने थप १० कित्ताका लागि गोलाप्रथा गरिएको छ। प्रधानमन्त्री ऊर्जामन्त्री र ऊर्जा सचिवलाई पनि २० कित्ता मात्रै सेयर परेको छ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई २० कित्ताका दरले समानुपातिक रुपमा सबै एक लाख ५४ हजार ५५९ आवेदकलाई २० कित्ताका दरले ३० लाख ९१ हजार १८० कित्ता शेयर बाँडफाँड गरेर बाँकी रहेको पाँच लाख दुई हजार ६७० कित्ता शेयर ५० हजार २६७ जना आवेदकलाई गोलाप्रथाबाट थप १० कित्ता वितरण गरिएको हो।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा उक्त आईपिओ सेयर बाँडफाँड गरिएको हो। यस कम्पनीको आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता तथा ऊर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए।
नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो।

Comments
Post a Comment