नयाँ प्रशिक्षक आएसंगै खेल सुधारेको म्यान्चेष्टर युनाइटेड चौथो स्थानमा उक्लियो

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले जित निकाल्दै चौंथो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा वाट्फोर्डलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष चारमा पुगेको हो ।

म्यान्युको घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोलीलाई जित दिलाउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोलको योगदान गरेका थिए । वाट्फोर्डका अब्डोउले डोउकोरेले एक गोल फर्काए । पहिलो हाफको २८ औं मिनेटमा राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा वाट्फोर्डका डोउकोरेले एक गोल फर्काएपनि युनाईटेडले खेल २–१ ले आफ्नो बनायो । जितसंगै चौंथो स्थानमा उक्लिएको युनाईटेडले ३० खेलबाट ६१ अंक जोडेको छ । पराजित वाट्फोर्ड ४३ अंकसहित नवौं स्थानमा रहेको छ । स्थायी प्रशिक्षकको रुपमा गोले गुनर सोल्सायर नियुक्त भएसंगै सुखद सुरुवात भएको छ ।

Comments