काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी नागपास खेलमा ओरालो लागेको ढ्याकजस्तै भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए । उनले कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको पनि टिप्पणी गरे ।
‘काँग्रेसले समर्थन गर्या छ। कठै बरा कांग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुग्यो झरेर २ मा स्वाठ्ठै।’ प्रधानमन्त्री ओलीले भने, ‘विखण्डनकारी अन्त्य गर्यो किन गरेको लुटपाट मा प्रतिबन्ध गर्यो किन गरेको लोकतान्त्रका लडेको रे कठैबरा’ प्रधानमन्त्री ओलीले मुलुकबाट विखण्डनवाद समाप्त गर्दा पनि कांग्रेसले छाती पिटेको टिप्पणी गरे ।
‘विखण्डनवाद समाप्त भयो । यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनुपर्नेछ । यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन’, उनले थपे, ‘यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा टिठ लाग्छ ।’ प्रधानमन्त्री ओलीले विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको बताए ।
‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’ उनले भने, ‘त्यो एउटा गिरोह हो ।’ कम्युनिस्टको बर्को ओढेर जे पनि गर्न पाइन्छ भन्ने नसोच्न विप्लव समूहलाई प्रधानमन्त्री ओलीले चेतावनी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरिने बताए । ‘पार्टीमा कुनै प्रकारको गुटबन्दी छैन। आवश्यकता पनि छैन।’ प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई काख कसैलाई पाखा हुँदैन। ठूलो संगठन हुँदा कहिलेकाही पाखा लगायो भन्ने लाग्ला तर त्यस्तो हुँदैन।’
गुटबन्दीले आफैलाई हानी हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले आन्दोलन लाई फेरि उठाएका छौँ। हामी कहिले काहीँ लाखापाखा भयौं। कहिलेकाही छैनौं कि भन्ने लाग्यो पराजित भएर लात हानेर गोलघर हालिएका हरु हामी हरेस खाएनौँ। सामाजिक आन्दोलन उठायौँ।’
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बाँकी रहेको पार्टी एकता प्रक्रियाँ चाँडै टुंगिनेसमेत बताए।

Comments
Post a Comment