बार्यन म्युनिखलाई पछि पार्दै डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ । बार्यन म्युनिखलाई पछि पार्दै बोरुसिया डर्टमण्ड जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा उल्भ्सवर्गलाई २–० ले हराउँदै बोरुसियाले शीर्ष स्थानमा पुनरागमन जनाएको हो ।

अर्को खेलमा बार्यन म्युनिख बराबरीमा रोकिदाँ त्यसको फाईदा डर्टमण्डले उठायो । बायर्नलाई फ्रेइबर्गले १–१ गोलको बराबरीमा रोक्यो । पको अल्केसरले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै डर्टमण्डलाई महत्वपूर्ण तीन अंक दिलाए ।खेलको अन्तिम मिनेटमा पहिलो गोल गरेका उनले ईन्जुरी समयमा अर्को गोल थपेका थिए ।

लिगमा ९ खेल बाँकी रहदाँ डर्टमण्डले दुई अंकको अग्रता लिन सफल भएको छ । बार्यन र डर्टमण्ड अर्को हप्ता एलिनाज एरिनामा भिड्दैछन् । फ्रिकिकमा ९० औ मिनेटमा पहिलो गोल गरेका उनले जाडोन सान्चेको बलको दोस्रो गोल गरेका थिए । डर्टमण्ड ६३ अंक सहित शीर्ष स्थानमा पुग्दा बार्यन ६१ अंक सहित दोस्रो स्थानमा छ । उल्भ्सवर्ग ४२ अंक सहित आठौं स्थानमा रहेको छ ।

Comments